१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनद्धारा मे १८ का लागि आमनिर्वाचनको घोषणा


२८ चैत, काठमाडाैँ । अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले मे १८ का लागि आमनिर्वाचन घोषणा गरेका छन । मोरिसनले बिहीबार निर्वाचन मिति घोषणा गर्दै मे १८ मा अस्ट्रेलियनहरूले मतदान गर्ने जानकारी दिएका छन । आमनिर्वाचनमार्फत जनताले दुई कार्यकालदेखि सत्तारुढ कन्जरभेटिभ पार्टीलाई पुनः निरन्तरता दिन्छन् या त्यसलाई बिल नेतृत्वको दलले विस्थापित गर्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।

अस्ट्रेलियामा हाल कन्जरभेटिभ पार्टीको सरकार छ । सत्तारुढ दल कन्जरभेटिभ र बिल सर्टनले नेतृत्व गरेको लेबर पार्टीबीच आसन्न निर्वाचनमा प्रतिस्पर्धा हुने ठानिएको छ । अस्ट्रेलियाको प्रतिनिधिसभामा १५१ र सिनेट (माथिल्लो सभा)मा ७६ सिट छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार १०:०९