१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

क्रिकेट मैदानका लागि उपयुक्त जग्गा भए खबर दिन धुर्मुसको आग्रह


१७ चैत, काठमाडौं । सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि उपयुक्त जग्गा भए जानकारी दिन आग्रह गरेका छन ।

धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्ने क्रिकेट रंगशाला लागि जग्गा खोजी थालेका धुर्मुसले फेसबुकबाटै शनिबार यस्तो आग्रह गरेका हुन । शनिबार धुर्मुससहित फाउण्डेसनको टोलीले प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलको साथमा भक्तपुरको चांगुनारायण नगरपालिका वडा ४ स्थित पहेनडोलमा रहेको करिब १ सय २४ रोपनी जग्गा निरीक्षण गरेको छ ।

निरीक्षणपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै धुर्मुसले क्रिकेटप्रेमीहरुको सहयोग प्रतिबद्धता र नेपाल सरकारको पनि सकारात्मक पहलकदमीका कारण आफुहरुलाई थप उत्साह मिलेको बताएका छन । मुख्यमन्त्री पौडेलले क्रिकेट मैदान देशको लागि अपरिहार्य रहेको भन्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७४, शनिबार २०:००