१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

डिस्को डान्स चिहाउँदिन पाखे भन मलाई (गजल)


-गणेश आचार्य

ठाडो घाँटी लगाउँदिन पाखे भन मलाई ।
परस्त्रीलाई जिस्काउँदिन पाखे भन मलाई ।

माटोको सुगन्ध बोक्ने लोक दोहोरी सुन्छु
डिस्को डान्स चिहाउँदिन पाखे भन मलाई ।

घाँटी हेरी हाड निल्नु पर्छ भन्ने बुझेको छु
सुख सयलमा अटाउँदिन पाखे भन मलाई ।

च्यात्तिएको लगाए पनि च्यातेर लाको छैन
फेसन सो भन्दै रमाउँदिन पाखे भन मलाई ।

आइसियोस् खाइसियोस् ममी ड्याडी भन्दै
छोरा-छोरीलाई पढाउँदिन पाखे भन मलाई ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार १५:१३