१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

साफ महिला फुटबलमा नेपाली टोलीले उपाधि रक्षा गरे प्रदेश १ सरकारले जनही २ लाख दिने


८ चैत, विराटनगर । प्रदेश १ को सरकारले खेलकुदलाई उच्च प्राथमिकता दिएको छ । प्रदेश सरकारले साफ महिला फुटबल च्याम्पियनसिप प्रतियोगितामा नेपाली टोलीको सम्मान तथा हौसला बढाउने निर्णय गरेको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले दिएको जानकारी अनुसार नेपाली टोलीले उपाधि रक्षा गरे खेलाडीहरुलाई जनही २ लाख रूपैयाँ दिने निर्णय भएको छ। सुवेदीले यस्तो निर्णय नेपाली टोलीको सम्मान तथा हौसला बढाउने उदेश्यले लिइएको बताए ।

नेपालमा पहिलो पटक भइरहेको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताले प्रदेश नं १ को त गौरव बढेको छ नै यसले देशकै गौरव बढेको भन्दै प्रदेश सरकारले खेलाडीहरुको सम्मान तथा हौसला बढाउन यस्तो निर्णय गरेको मख्यमन्त्री राईलाई उधृत गर्दै सल्लाहकार सुवेदीले बताए ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार १०:४८