१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

युरोकप फुटबलको छनोट चरणका खेल सुरू, नेदरल्याण्ड्स र बेल्जियमको सुखद् सुरूवात


८ चैत, काठमाडाैँ । सन् २०२० मा हुने युरोकप फुटबलका लागि छनोट चरणका खेलहरु गएरातिबाट सुरु भएका छन् । खेल सुरू भएसँगै नेदरल्याण्ड्स र बेल्जियमले सुखद् सुरूवात गरेका छन । समूह सी बाट नेदरल्याण्ड्स र समूह आईबाट बेल्जियमले सुखद सुरुवात गरेका हुन । बिहीबार राति भएका खेलमा बेल्जियमले रुसलाई ३–१ गोल अन्तर र नेदरल्याण्ड्सले बेलारुसलाई ४–० ले पराजित गरे ।

बिहीबार राति भएका अन्य खेलमा समूह जीबाट मासेडोनियाले लात्भियालाई २–१ गोलले हराउँदा इजरायल र स्लोभेनियाले १–१ गोलको बराबरी खेले । अष्ट्रिया भने पोल्याण्डसँग १–० गोलले पराजित भयो ।

समूह ई बाट विश्वकप उपविजेता क्रोएसियाले अजरबैजानलाई २–१ गोलले हराउँदा बोर्नो बेरिसिच र आन्द्रेज कार्मारिचले गोल गरे । यही समूहमा स्लोभाकियाले हंगेरीलाई २–० गोलले पराजित गर्‍याे ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार ०८:३१