२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

प्रदीपकाे आँगनमा जसिता जुन बनेर उदाएपछि…(भिडियाेसहित)


४ चैत, काठमाडौं  । नयाँ वर्षको अबसर पारेर २२ चैतबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘लभ स्टेशन’ले शम्भुजित बास्कोटाको संगीत र सुरेश लामाको स्वर रहेकाे नयाँ गीत ‘मेरो आँगनीमा आज जुन उदायो…’ सार्वजनिक भएकाे छ ।

 गीत फिल्मका निर्देशक उज्वल घिमिरेले लेखेका हुन् । ‘सफ्ट फ्लेबर’को यो गीतले दर्शकको राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ । गीतमार्फत अभिनेता प्रदीपलाई गायकको रुपमा स्थापित गराईको यसका प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी दिएका छन् ।

आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजित बास्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार २०:१०