१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अष्ट्रेलियामा स्वर्गीय भरतमोहन अधिकारी र रविन्द्र अधिकारीको योगदानको चर्चा


३० फागुन, अष्ट्रेलिया । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री तथा  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य रवीन्द्र अधिकारीसहित ताप्लेजुङको हेलिकप्टर दुर्घटनामा निधन भएका सात जनाको १३ औँ दिन र नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारी निधन भएको १० औँ दिनको सन्दर्भमा अष्ट्रेलियामा रहेका नेपालीहरूले एकै ठाउँमा भेला भएर श्रद्धाञ्जली व्यक्त गरेका छन । प्रवासी नेपाली एकता मञ्च (OUNF) साउथ अष्ट्रेलियाको आयोजनामा एडिलेटमा भएको श्रद्धाञ्जली कार्यक्रम अधिकारीद्धय लगायतको सम्झना गरिएको थियो ।

श्रद्धाञ्जली कार्यक्रममा मञ्चका अष्ट्रेलियाका नेता तथा समाजसेवी राजु उपाध्याय, एनअारएन अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलियाका संयाेजक अशोक केशी, शिक्षक संगठन चितवनका नेता महेन्द्र सिग्देल , जनसम्पर्क समिति साउथ अष्ट्रेलियाका अध्यक्ष अर्जुन लम्साल, एडलेट नेपाली समाजका का. वा अध्यक्ष सुरेन्द्र रेग्मी ,समाजसेवी नवीन काङवाङ र बालगोपाल उपाध्यायले स्वर्गीय अधिकारीद्वय तथा मृतकहरुले मुलुकका लागि गरेको योगदानको बारेमा चर्चा गरेका थिए ।

श्रद्धाञ्जली कार्यक्रममा स्थानीय नेपाली समुदायका समाजसेवी, बुद्धिजीवी तथा मञ्चका सदस्यहरुको उल्लेखनीय सहभागीता रहेको मञ्चका अध्यक्ष अध्यक्ष हेम खनालले बताएका छन । श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन मञ्चका उपाध्यक्ष आर के शर्माले गरेका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार ०८:१४