१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

रविन्द्र अधिकारीसहित सात जनाको ज्यान लिने हेलिकप्टर दुर्घटनाबारे अनुत्तरित ६ प्रश्न


–सगुन कायस्थ

युरोपियन एशोसियसले कालो सूचिमा राखेको हाम्रो देशको अकाशमा अर्को एक पटक फेरि गत फागुन १५ गते तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरिक्षणको लागि गएको एयर डाइनोस्टीको हेलिकप्टर दुर्घटना भएको छ।

उक्त दुर्घटनामा परी माननीय उड्यानमन्त्री स्व. रविन्द्र प्रसाद अधिकारी, उनका अङ्गरक्षक नेपाली सेनाका जमदार स्व.अर्जुन कुमार घिमिरे, हेलिकप्टरका पाइलट स्व. प्रभाकर के.सी., नेपाल नागरिक उड्यान प्राधिकरणका उपमहानिर्देशक स्व. विरेन्द्र प्रसाद श्रेष्ठ तथा सोही प्राधिकरणका निर्देशक स्व. ध्रुवदास भोछिभोया प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयका उपसचिव स्व. युवराज दाहाल र यति एयरलाइन्स, तारा एयरलाइन्स एयर डाइनास्टी सन्चालक आङ्छिरिङ शेर्पाको दु:खद् निधन भयो।

यस दुखत घडिमा हेलिकप्टरका पाइलट लगायत मृतकहरुको आत्माको चीर शान्तिको कामना गर्नु हाम्रो दायित्व र धर्म दुबै हो । सबै मृत आत्माले स्वर्गको बास गरुन् तर यसो भन्दै गर्दा उक्त दुर्घटनाको वास्तविकता के हो ? भनेर बुझ्नु हाम्रो अधिकारको कुरा हो । म यस विषयको विज्ञ होइन तर यो सब मैले मेरो हेलिकप्टर उडानको अनुभवको आधारमा लेख्दै छु । अनि वास्तविकता पनि योभन्दा टाढा नहोला भन्ने आशा राखेको छु ।

त्यो दिन फागुन १५ गते देश भरीको मौसम त्यति सफा थिएन । जब एक्कासी हेलिकप्टर दुर्घटना भयो भन्ने खबर सुनेँ तब निकै नराम्रो लाग्यो तर जब त्यस हेलिकप्टरमा ७ जना सवार थिए भन्ने थाहा पाएँ तब अचम्म पनि लाग्यो तर यो कसरी सम्भव छ भन्ने प्रश्न मेरो अन्तर आत्मामा उत्पन्न हुन थाल्यो ।

किनकी नेपालमा उपलब्ध भएको सायदै त्यस्तो हेलिकप्टर होला जुन मैले मेरो पेशा (बिरामीको उद्भार)को क्रममा चढ्न छुटको होस्।

भनिन्छ दुर्घटनालाई टारेर टार्न सकिन्न र कसैले निम्त्याउँदैमा हुने पनि होइन यो त अचानक आइपर्ने दुखद घडी मात्र हो । उक्त हेलिकप्टर दुर्घटना हुनु कुनै अचम्म त होइन किनकी उक्त दिन काठमाडौ लगायत देश भरिकै मौसम खराब थियो भने, १२ हजार फिट माथिको मौसमको अवस्था कस्तो थियो होला ? हामी सहजै अनुमान लगाउन सक्छौँ तर मौसम खराब हुँदैमा दुर्घटना हुन सक्छ भन्नु पनि स्वभाविक होइन । किनकी हाम्रो देशमा रहेका हेलिकप्टरका सम्पूर्ण पाइलटहरु दक्ष र सक्षम नै छन् तर त्यो दुर्घटनाको परिस्थितिलाई हेर्दा मेरो मनमा कैयौँ प्रश्नहरु उत्पन्न भएका छन्।

१) देश भरिकै मौसम प्रतिकुल भएको थाहा हुँदाहुँदै उक्त दिन हेलिकप्टर किन उडाइयो ?
२) प्रतिकुल मौसमको बाबजुत पनि सिङ्गल पाइलटको भरमा भि .आइ. पि फ्लाइट गर्न टी. आई .ए .ले कसरी अनुमति दियो र किन ?

३) नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक र निर्देशक दुबै एकै दिनमा जानुको कारण के थियो ?

४) प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका उपसचिवको उक्त एयरपोर्ट निरिक्षणमा के काम थियो ?

५) यति एयरलाइन्सका प्रबन्धकको उक्त एयरपोर्ट निरिक्षणको समयमा मन्त्री र नागिरक उड्डयानका स्टाफसँगै एकै जहाँजमा नगइ नहुने त्यस्तो के थियो ?

६) उक्त हेलिकप्टरको भारवाण क्षमता कति थियो ? इन्धनको ट्याङ्की पक्कै भरि नै थियो होला अतिरिक्त इन्धन कति बोकेको थियो ?

मौसम खराब भएको बेला हेलिकप्टरको अवस्था कस्तो हुन सक्छ भन्ने कुरा मैले मेरो पेशा (बिरामीको उद्धार)को क्रममा धेरै राम्रोसँग बुझ्ने मौका पाएको छु तर मौसम खराब हुँदा हेलिकप्टर दुर्घटना हुन्छ र हुन सक्छ भन्ने कुरामा म सहमत छैन।

किनभने नेपालमा रहेका सम्पूर्ण पाइलटहरु सक्षम छन् तर त्यस बखत हेलिकप्टरको लोडमा पनि भर पर्छ । किनकी नेपालको भौगोलिक बनावट र यहाँ हुने मौसम परिवर्तन यो कसैको हात र बसमा छैन।

मैले धेरै पटक खराब मौसमको सामना गरेको छु। Everest Base Camp जान लाग्दा एक्कासी मौसम खराब भएर हेलिकप्टरमा आएको टेक्निकल खराबीका कारणले गर्दा काभ्रेको रामेछापको मन्थलीमा गर्नु परेको फोर्स ल्यान्डिङ, गोर्खाबाट बिरामी लिएर आउँदै गर्दा एक्कासी मौसम खराब भएको कारण मनकामनाको बगरमा गर्नुपरेको फोस ल्यान्डिङ् होस् वा लुक्लाबाट काठमाडौँको लागि उडेका े१र२ मिनेटमै मौसमको कारणले गर्दा लुक्ला नै फर्केर रात बिताउनु परेको दिन नै किन नहोस्।

यस्ता धेरै अनुभवहरु मसँग छन् जुन मौसम खराब हुँदा कस्तोसम्म हुन सक्छ र पाइलटले कतिसम्म साहसका साथ हेलिकप्टरलाई कन्ट्रोलमा राख्छन् भन्ने कुराको तर यो धरातललाई नजिकबाट नियालेर हेर्दा मेरो मन मष्तिस्कमा धेरै शंका गर्न सक्ने प्रश्नहरु उब्जिएका छन् तर यो गलत पनि हुन सक्छ।

त्यस हेलिकप्टरमा सवार मृतक व्यक्तिहरुलाई हेर्दा कहीँ कतै यो तेह्रथुमको चुहानमा बन्न लागेको एयरपोटको निरिक्षण भ्रमण नभइ तत्कालिन समयमा सरकारले उडान भर्न प्रतिबन्ध लगाएको एयर हिमालयसँग त सम्बन्धित छैन ?

यस सम्बन्धी गरिएको मिटिङ्कको लागि गरिएको भ्रमण त होइन ? किनकी पाथिभरा मन्दिर दर्शनको कुनै योजना नै थिएन । यो कुरा मैले भनेको होइन कान्तिपुर टेलिभिजनको सरोकार भन्ने कार्यक्रमको क्रममा नेपाल सरकार उड्डयान प्राधिकरणका अर्का उपमहानिर्देशक राजन पोख्रेलले भनेका छन्।

मैले कुनै दिन बिरामीको उद्धारको क्रममा बिरामी बाहेक बिरामीका आफन्तहरु दुई जनालाई ल्याउन खोज्दा त हेलिकप्टरको पाइलटले ओभर लोड हुन्छ, बिरामी बचाउने क्रममा हाम्रो ज्यानलाई किन जोखिममा राख्ने भन्थे।

मैले हेलिकप्टर किन ओभर लोड र कसरी भन्न सकेको छु भने यससँग सम्बन्धित मसँग प्रशस्तै अनुभवहरु छन्। मैले कुनै दिन बिरामीको उद्धारको क्रममा बिरामी बाहेक बिरामीका आफन्तहरु दुई जनालाई ल्याउन खोज्दा त हेलिकप्टरको पाइलटले ओभर लोड हुन्छ, बिरामी बचाउने क्रममा हाम्रो ज्यानलाई किन जोखिममा राख्ने भन्थे।

बिरामीको दुई जना आफन्त र हामी पाइलट सहित जम्मा ५ जना हुन्थ्यौँ। त्यो पनि पोखरा – काठमाडा,ै बिरगंज – काठमाडौको उडानको समयमा यो छोटो दुरीको उडान हो । यो उडानको क्रममा कुनै त्यस्तो ठुलो पहाड पनि आउँदैन तर त्यस दिन १२हजार फिटमाथि ७ जना, मौसम पूर्ण रुपमा सफा नहुँदा पनि किन कसरी र केका लागि उड्यो ?

तर जे भयो नितान्त दुःख लाग्दो घटना भयो । आशा गरौँ भविष्यमा यस्ता गल्ती दोहोरिने छैन । त्यस हेलिकप्टरमा सवार सम्पूर्णमा त भन्न मिल्दैन तर मन्त्री र मन्त्रीका अङ्ग रक्षक बाहेक अरु प्राय सवार व्यक्तिहरु यसै विषयका विज्ञहरु थिए तर कसरी त्यति ठुलो गल्ती भयो यो सोचनीय कुरा हो।

यस घटनालाई मानवीय त्रुटी भन्न मिल्छ तर कदापी पाइलटको गल्ति भन्न मिल्दैन । धेरै लोड हुँदा अलिकति मात्र पनि उडानको क्रममा मौसममा खराबी आयो भने पाइलटलाई हेलिकप्टर कन्ट्रोल गर्न गाह्रो हुन्छ तर लोड कम भएको खण्डमा सोही अवस्थामा पनि सजिलैसँग हेलिकप्टरलाई पाइलटले कन्ट्रोल गर्न सक्छ । जुन कुराको अनुभव मसँग प्रशस्तै छन्। दुर्घटना जाँचको सरकारी रिपोट त आउन बाँकी नै छ मेरो बुझाइमा यस दुर्घटना हुनुको मुख्य कारण खराब मौसम, ओभर लोड हेलिकप्टर, सिङ्गल पाइलट ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलवार २२:२२