१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

दाताको इशारामा निजी विद्यालय खारेजीको मागः डिके ढुंगाना (भिडियोसहित)


१५ चैत, काठमाडौँ । निजी विद्यालयहरुको प्रतिनिधि संस्था प्याव्सनका वरिष्ठ उपाध्यक्ष डिके ढुंगानाले दाताको सहयोगमा नाच्नेहरुले निजी विद्यालय खारेजीको विषय उठाएको बताएका छन ।

बुधबार एक गैरसरकारी संस्थाको कार्यक्रममा सहभागी भएका शिक्षाविद्हरुले संविधानको मर्मअनुसार निजी विद्यालय खारेजीको कुरा उठाएकोतर्फ इंगित गर्दै वरिष्ठ उपाध्यक्ष ढुंगानाले दाताको इशारामाम खारेजीको कुरा उठाइएको दाबी गरे । बिहीबार बिहान बिजएफएम ९४.९ को बिज विशेषमा कुरा गर्दै ढुंगानाले धमिलो पानीमा माछा मर्न पल्केहरुले विगतदेखि निजी विद्यालयको बारेमा धावा बोल्ने गरेको बताए ।

उनले निजी विद्यालयले उत्कृष्ट विद्यार्थी उत्पादनमा सहयोग पु¥याउँदै आएको भन्दै भएका कमजोरी सुधार गरेर अघि बढ्नुको विकल्प नभएको बताए । माध्यामिक शिक्षा परीक्षामा लेडर ग्रेडिङ पद्धती अपनाएर विद्यार्थीको मनोबल कमजोर पारिएको भन्दै उनले यसको असर अर्को १० वर्षमा भयानक रुपमा देखिने चेतावनी समेत दिए ।

हिजोको जस्तो जाँगर विद्यार्थीहरुमा आजैका दिन नदेखिएको र मनोवैज्ञानिक रुपमा लेडर ग्रेडिङ पद्धतीलाई प्रभाव पारेको भन्दै उनले उत्कृष्ट विद्यार्थी छनोटका लागि यस्ता पद्धती त्यती सहयोगी नहुने बताए ।

ढुंगानासँगकाे पुरा कुराकानी यहाँ सुन्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति : १५ चैत्र २०७४, बिहीबार १२:१९