१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

गृहजिल्ला स्याङ्जा पुगेकी मन्त्री अर्यालले भनिन् ‘ढुक्क हुनुस वृद्ध भत्ता पाँच हजार पुग्छ’


५ फागुन, स्याङ्जा । भूमि व्यवस्था गरीबी निवारण एवं सहकारीमन्त्री पद्माकुमारी अर्यालले सरकारले वृद्ध भत्ता पाँच हजार पु¥याएरै छाड्ने बताउनुभएको छ । उहाँले निर्वाचनका बेला बोलेका कुरा पूरा गरेरै छाड्ने बताउनुभयो ।

मन्त्री अर्यालले चापाकोट नगरपालिका–७ स्थित साँखर साना किसान कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभामा सरकार पार्टीको घोषणापत्रलाई आत्मसात् गरेर अगाडि बढेको जिकीर गर्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचनका बेला हामीले वृद्ध भत्ता पाँच हजार बनाउँछाँै ।”

मन्त्री अर्यालले ५ वर्षमा मुलुकको विकासको स्पष्ट खाकासहित विकासले गति लिने बताउँदै सरकार अहिलेसम्म नीति निर्माणमै अल्झिनु परेकाले सोचे जति छिटो छरितो काम हुन नसके पनि अब कामले गति लिने बताउनुभयो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आईतवार २२:१९