१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेपाल टेलिकमको भवनबाट खसेर कर्मचारी वसन्त राठौरको मृत्यु


५ फागुन, काठमाडौं । काठमाडौंको बबरमहलस्थित नेपाल टेलिकमको भवनको सातौं तलाबाट खसेर टेलिकममा करारमा कार्यरत् वसन्त राठौरकाे  घटनास्थलमै मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होविन्द्र बोगटीका अनुसार आइतबार दिउँसो टेलिकमको टावर मर्मत गर्ने क्रममा भारतको उत्तर प्रदेश घर भएका राठौर खसेर मृत्यु भएकाे हाे । राठौरको शवलाई पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा लगिएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आईतवार १८:४३