१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

भक्तपुरमा चट्याङ पर्दा वनभोज खान आएका ६जना विद्यार्थी घाइते


४ फागुन, भक्तपुर । शनिबार दिउँसो भक्तपुरमा चट्याङ पर्दा बनभाेज खानगएका कीर्तिपुर त्रिभुवन विश्वविद्यालयका ६ जना विद्यार्थीहरु घाइते भएका छन् । भक्तपुर सूर्यविनायक न.पा.–७ घ्याम्फेडाँडामा वनभोज खान गएका विद्यार्थीहरु घाइते भएकाे महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएकाे छ ।

चट्याङ लागेर घाइते भएकाहरुको उपचारका लागि डा.इवामुरा अस्पतालमा उपचार भइरहेको परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेवती रमण पोखरेलले बताएका छन् ।

घाइते हुनेमा मोरङ कोसी दरैचा न.पा. ४ घर भई कीर्तिपुर बस्ने बर्ष २५ को रवि पाण्डे, कैलाली गौरी न.पा. १ घर भई कीर्तिपुर बस्ने बर्ष २५ को जीवन भण्डारी, स्याङजा कालीगण्डकी गा.पा. ४ घर भई काठमडौं बस्ने बर्ष २४ को कमल पाण्डे रहेका छन् ।

त्यसैगरी नवलपरासी सुस्ता गाउँपालिका–५ घर भई हाल काठमडौ बस्ने बर्ष २५ को सत्तेनन्द गुप्ता, ओखलढुङ्गा रुम्जाटार घर भई हाल विश्वविद्यालयमा गार्ड गर्ने बर्ष ५७ को ललित गुरुङ र सर्लाही घर भई हाल विश्वविद्यालयको क्यान्टिनमा काम गर्ने बर्ष २९ की सिता खड्का रहेकी छिन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार १७:१३