१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

हिमालमा थुप्रिएको फोहोर व्यवस्थापनका लागि चीन सरकारले रोक्यो सगरमाथा आरोहण


३ फागुन, काठमाडाैँ । हिमालमा थुप्रिएको फोहोर व्यवस्थापनका लागि चीन सरकारले सगरमाथा आरोहण  रोकेको छ । चिनियाँ सरकारले आफ्नो तर्फबाट सगरमाथा आरोहणमा रोक लगाएको हो । चिनियाँ सरकारले हिमालमा थुप्रिएको फोहोर व्यवस्थापनका लागि सगरमाथा आरोहणमा रोक लगाएको बीबीसीले जनाएको छ ।

विश्वकै सबैभन्दा आग्लो हिम शिखर सगरमाथा पछिल्ला केही वर्षदेखि पर्यटकले फ्याकेको फोहोरका कारण दुर्गन्धित हुँदै गएको छ। पर्यटकहरू सगरमाथाको ५ हजार २०० मिटर अर्थात् आधार शिबिरसम्म भने जान पाउने चिनियाँ अधिकारहरूले बताएका छन्। धेरै पर्यटक नेपाली भूभागबाट सगरमाथाको आरोहण गर्ने गरेका छन्। तर पछिलो समय चिनियाँ भू-भागबाट सगरमाथा चढ्ने पर्यटकको संख्या पनि बढ्दै गएको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार २०:२५