१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आलिया भट्ट र रणवीर सिंहबीचको किस सिन


१ फागुन, मुम्बई  । बलिउड फिल्म ‘गली ब्वाई’ मा रहेको अभिनेत्री आलिया भट्ट र रणवीर सिंहबीचको ‘किसिङ सिन’मा सेन्सर बोर्डले कैची लगाएको छ । गीत र ट्रेलर निकै हिटे ट्रेलरमा समेत प्रयोग गरिएको सो सिनले टेलिभिजनलगायतका दर्शकलाई नकारात्मक असर पार्ने र १३ सेकेन्डको ‘किसिङ सिन’ ले युवामा भ्रम पैदा हुने भएकोले केही काटछाट गरिएको सीबीएफसीले जनाएको छ ।

साथै किसीङ सिनको ‘क्लोजअप’लाई हटाएर ‘वाइडर शट’ बनाइएको छ । फेब्रुअरी १४ मा रिलिज हुने यो फिल्म एक र्याप गायकको जिन्दगीमा आधारित रहेको छ । फिल्मको र्याप गीत अहिले निकै चर्चामा रहेको छ । चर्चित निर्देशक जोया अख्तरले निर्देशन गरेको यस फिल्ममा रनबीर सिंहले र्याप गायकको भूमिकामा रहेका छन् । एजेन्सी

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार १२:३२