१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

स्प्राईटका लागि नेपालको पहिलो ब्राण्ड एम्बेस्डरमा अभिनेता अनमोल केसी नियुक्त 


२९ माघ, काठमाडौं  ।  स्प्राईटले नेपालीहरुको अभिनेता अनमोल के.सीलाई पहिलो ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ । अभिनेता के.सीले स्प्राईटसँग सहकार्य गरेर नेपालका लागि पदोन्नतीमा सहयोग गर्ने विश्वास रहेकाे छ ।

 कोका–कोला नेपालका लागि कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, अनमोलको छवि र व्यक्तित्वका कारण स्प्राईटले विश्वव्यापी रुपमा प्यासनेट  सहकार्य गरेकाे हाे । देशको हाम्रो ब्राण्ड स्प्राईटसँग पूर्ण रुपमा मिल्ने छवि, व्यक्तित्व र मुटुको धड्कन बनेका अनमोलसँग सहकार्य गर्न पाउँदा निकै उत्साहित भएकाे  सिंह बताउँछन् ।’

स्प्राईटका नवनियूक्त ब्राण्ड एम्बेस्डर अनमोल के.सीले स्प्राईटको हिस्सा बन्न पाउँदा निकै उत्साहित भएको बताएका छन् । उनले अवसर प्रदान गरिदिएकोमा कोका–कोला नेपाललाई धन्यवाद प्रकट गरे ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलवार २०:१२