१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

घुससहित पक्राउ परेका असई रामनरेश साह अख्तियारको नियन्त्रणबाट फरार


२९ माघ, महोत्तरी । महोत्तरीमा घुुस रकमसहित पक्राउ परेका औरही प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक रामनरेश साह अख्तियारको नियन्त्रणबाट भागेका छन् ।  १० हजार रुपैयाँ घुससहित पक्राउ परेका साह अख्तियार टोलीलाई छलेर भागेका  छन् ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले भागेका असईको खोजी भइरहेको बताएका छन् । ‘असईको खोजीमा हामीले प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेका छौं, अन्य कुरा अख्तियारले बताउला’ उनले भने ।

स्रोतका अनुसार असई साहलाई पक्राउ गर्न अख्तियारको टोली बर्दिबासबाट औरही आएको जानकारी पाएपछि उनी नजिकैको स:मिलमा गएका थिए । प्रहरीले स:मिलमै गई त्यसका सञ्चालक दिनेश साह र असई साहलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई पक्राउ गरेर प्रहरी चौकीतर्फ ल्याउने क्रममा स्थानीयले अवरोध गरेका थिए । त्यही क्रममा दुबै जना फरार भएका हुन् ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलवार १७:२७