१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

उपप्रधानमन्त्री उपेन्द्र यादवकी बुहारीको अस्पतालमा उपचारकाे क्रममा निधन


२९ माघ, काठमाडौं  । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवकी क्यान्सर पीडित बुहारीको भक्तपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको छ । क्यान्सर पीडित मनिषा यादवको उपचार लामो समयसम्म दिल्लीमा भइरहेको थियो । विवाहलगतै उनी विरामी भएपछि उनलाई दिल्लीस्थित एम्स अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । त्यहाँ डेढ वर्षसम्म उपचार चलेको थियो ।

 विरामी शुरु भएपछि ६ दिनअघि उनलाई क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका अध्यक्ष यादवले २०७२ वैशाख २९ गते सप्तरी बथनाह–१ का शशीकुमार र शोभा यादवकी छोरी मनिषा यादवसँग आफ्नो छोरा अमरेन्द्र यादवको विहे गरी बुहारीका रुपमा भित्र्याएका थिए ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलवार १६:५६