१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

विवाहित प्रेमीकालाई छुराले हानेर प्रेमीले गरे हत्या


२९ माघ, काठमाडौं । खोटाङकी सोनिया राईको प्रेमीले नै हत्या गरेका छन् । खोटाङकी सोनिया राई र सोलुखुम्बुका लालबहादुर राई बिगत ९ महिनादेखि लिभिङ टुगेदरमा बसेकाे  खुलेको छ । लिभिङ टुगेदरमा डेरामा बस्दै आएकी ३५ वर्षकी विवाहित सोनियाको सोमबार साँझ  हत्या भएको हो ।

प्रहरीले ३६ वर्षका राईलाई पक्राउ गरेपछि अाफुले सोनियाको हत्या गरेको स्वीकार गरिसकेको इलाका प्रहरी कार्यालय इटहरीका इन्चार्ज डीएसपी शिवकुमार श्रेष्ठले बताएका छन् ।

श्रीमान वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका बबेला सोनियाले विदेशमै रहेका लालबहादुरसँग प्रेममा परेकी थिइन्  ।  लालबहादुर विदेशबाट फर्केपछि सोनियासँग इटहरीमा लिभिङ टुगेदरमा बस्न थालेकाे डीएसपी श्रेष्ठकाले बताएका छन्  ।

विदेश हुँदा सोनियालाई रकम समेत पठाउने लालबहादुर स्वदेश फर्किएपछि साेनियाँसँग एउटै डेरामा बस्दै आएका थिए ।  विवादका क्रममा सोमबार मदिरा सेवन गरेका लालबहादुरले सोनियाको डेरामै छुराले हानेर हत्या गरेको डीएसपी श्रेष्ठले बताए । ‘

प्रकाशित मिति : २९ माघ २०७५, मंगलवार १५:४६