१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सरकारी चिकित्सक संघको चेतावनी,  माग पूरा नभए सामूहिक राजीनामा दिन्छैँ 


२९ माघ, काठमाडौँ ।  आइतबारदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेका सरकारी चिकित्सक संघले आज पनि धर्ना कार्यक्रमलाई निरन्तरता दिदै अाफ्ना माग पुरा नभए सामूहिक राजीनामा दिने चेतावनी दिएकाे छ । कर्मचारी समायोजन अध्यादेशको विरोधमा संघको अगुवाईमा मंगलबार माईतिघरमण्डलामा चिकित्सकहरुले विरोध प्रदर्शन गरेका हुन् ।

सरकारी चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. निपेन्द्र पाण्डेले आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई जारी राखिने बताएका छन् । चिकित्सकको मागलाई सरकारले बेवास्ता गरे सम्पूर्ण चिकित्सकले राजीनामा दिनेपनि उनले चेतावनी दिए ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलवार १४:४८