१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

महिला फुटबल गोल्डकपमा नेपालद्वारा भारत पराजित


२८ माघ, काठमाडौँ । भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज घरेलु टोली भारतलाई २–१ ले पराजित गरेको छ । नेपालको जितमा सावित्रा भण्डारीले दुई गोल गरेकी थिइन् ।

खेलको पाँचौँ र सातौँ मिनेटमा उनले गरेको गोल नै नेपाललाई विजयी दिलाउन पर्याप्त भएको थियो । भारतका लागि ८४ औँ मिनेटमा रत्ना देवीले गोल गरेकी थिइन् । नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार साँझ ७ बजेदेखि शुरु भएको थियो ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार २३:१६