१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

गरिबीका कारण अब कोही मर्नुपर्दैन सरकारले उपचार गर्छ : अध्यक्ष प्रचण्ड


२८ माघ, सिराहा । नेकपा अध्यक्ष प्रचण्डले अब गरिबीका कारण काेहि मर्नु नपर्ने बताएका छन् । अब बिरामी हुँदा उपचार गर्न नसक्ने गरीबकाे उपचार सरबारले गरिदिने बताएका छन् ।  संविधानमै शिक्षा र स्वास्थ्यलाई जनताको मौलिक अधिकार अन्तरगत राखिएको बताउँदै सरकारले गरीबको उपचार नगरे मुद्दा हाल्न सक्ने समेत प्रचण्डले बताएका छन् ।

सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर-१ महनौरमा निर्मित स्वास्थ्यचौकीको सोमबार उदघाटन गर्दै प्रचण्डले भने- ‘अहिले सरकारले मौलिक अधिकार कार्यान्वयनको प्रक्रिया सुरु गरेको छ । उपचार नपाएर गरिबीका कारण अब कोही मर्नुपर्ने छैन । गरीबको उपचार सरकारले गर्नेछ, नगरे अदालतमा मुद्दा दिन पाइन्छ ।’

पूर्वप्रधानमन्त्री एवं सिरहाका पूर्व जनप्रतिनिधिसमेत रहेका प्रचण्डले भने, ‘अहिले भर्खरै उदघाटन भएको स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टरको व्यवस्था होस् भन्ने तपाईंहरुको मागमा म सकारात्मक छु । डाक्टरसहितको आवश्यक जनशक्तिका लागि मेरो तर्फबाट तपाईंहरुलाई सहयोग रहनेछ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार २०:१६