१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

हरेकले भ्रष्टाचार नगर्ने प्रतीज्ञा गर्ने हो भने भ्रष्टाचार नै हुँदैनः प्रधानमन्त्री ओली


२८ माघ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेकले भ्रष्टाचार नगर्ने प्रतीज्ञा गर्ने हो भने भ्रष्टाचार नै नहुने बताएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं स्थापना दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले भष्टाचार नियन्त्रणका लागि सबैभन्दा पहिले हरेक नागरिकले भ्रष्टाचार गर्दिन र हुन दिन्न भन्ने प्रतिज्ञा गर्नुपर्ने बताए ।

उनले अब भ्रष्टाचार कसैले लुकाउन सम्भव नभएको पनि बताए । प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचार नियन्त्रण गर्ने संकल्पका साथ अगाडि बढेको भन्दै भ्रष्टाचार भ्रष्टका लागि पनि सत्रु नै भएको बताए । उनले भ्रष्टाचारलाई सामान्यीकरण गर्ने र भ्रष्टाचार ढाकछोप गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले सरकारका सबै निकायलाई भ्रष्टाचारबाट मुक्त राख्न अख्तियारलाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।

यो पनि पढ्नुहोस्

–भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिएकाबाटै भ्रष्टाचार हुनु विडम्बनाः राष्ट्रपति भण्डारी (भिडियोसहित)

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार १९:५९