१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिएकाबाटै भ्रष्टाचार हुनु विडम्बनाः राष्ट्रपति भण्डारी (भिडियोसहित)


२८ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिएकाहरुबाटै भ्रष्टाचार हुनु विडम्बना र चुनौतीपूर्ण भएको बताएकी छिन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी भ्रष्टाचार संस्थागत हुन थालेको सुनिएको समेत बताइन ।

उनले भ्रष्टाचार संस्थागत हुनु चिन्ताको विषय बनेको समेत बताइन । भ्रष्टाचारले सम्बन्धित व्यक्तिलाई मात्रै नभइ उसको परिवारलाई समेत नकरात्मक असर पार्ने भन्दै राष्ट्रपति भण्डारीले देशको भविष्यका लागि भ्रष्टाचारलाई निर्मूल पार्नुपर्ने बताइन । उनले भ्रष्टाचारलाई विषबृक्षको संज्ञा समेत दिएकी छन् । राष्ट्रपति भण्डारीले भ्रष्टाचारमाथि अनुसन्धान र तहकिकात गर्ने जिम्मेवारी अख्तियारको भए पनि विधिको शासन कायम गर्न सबैको भूमिका आवश्यक रहेको बताइन ।

सुन्नुहोस राष्ट्रपति भण्डारीको सम्बोधन

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार १९:४१