१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

नेपाल प्रहरीको नेतृत्वमा कामले चिनिएका खनाल !


–दुर्गा पुडासैनी

जनतालाई शान्ती सुरक्षा प्रदान गर्ने एवं अपराध रोकथाम एवं घटित अपराधको अनुसन्धान गरी अपराध गर्ने ब्यक्ति वा समुहलाई कानुनको दायरामा ल्याई कानुनी कठघरामा उभ्याउने मुख्य जिम्मेवारी नेपाल प्रहरीको काँधमा रहेको छ । हाम्रो सन्दर्भमा भन्नु पर्दा राज्यको प्रतिनिधित्व गर्ने एक सशक्त संगठन प्रहरी हो जसको पहुँच पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रहेको छ । अर्थात् नेपालभर जनताको घर आगनमा पहुँच बनाउन सफल र सशक्त संगठन नेपाल प्रहरी हो ।

विकास र शुसासन स्थापित गर्न प्रहरीको महत्वपूर्ण भुमिका रहने कुरामा दुईमत छैन । हाम्रो देशमा विकास, शुसासन र समृद्धीको बाटो पहिल्याउन नसक्नुमा राजनैतिक अस्थिरताका बाबजुत कानुन कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी निर्वाह गरेको प्रहरी जुन निस्पक्ष र स्वतन्त्र भई काम गर्न नसक्नु र जनताले न्याय पाउने आशा गरेको न्यायालय भित्र न्याय पाउने कार्य झन्झटीलो र प्रकृयामुखी एवं मुद्धाको फैसला हुँदा ब्यक्तिको झण्डै एक चौथाई उमेर ब्यतित भैसकेको हुने जस्ता कुराले भूमिका खेलेका छन ।

लामो समयको अन्तराल पश्चात् नेपालले एक स्थिर सरकार पाउनु सुखद क्षण हो । यस सरकारको नेतृत्व सम्हाल्न पुगेका नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनको चुनाबी नारा नै स्थिर सरकार, बिकास र समृद्धी सहितको सुशासन थियो जुन कुरा प्राप्तिको लागि पहिलो सर्त भनेको शान्ती सुरक्षाको प्रत्याभुती जनतालाई दिन सक्नु हो । विकासका लागी स्वदेशी तथा बिदेशी लगानीकर्ताहरुलाई हाम्रो देश लगानीको लागी सुरक्षित स्थान हो भन्ने कुरा आस्वासन तुल्याउनु पर्नेछ,त्यसको लागी देशै भरी पहुँच पुर्याउन सफल भएको कानुनको कार्यान्वयन गर्ने सरकारको मुख्य जिम्मेवारी पाएको नेपाल प्रहरी सिस्टममा चल्नुपर्छ । अर्थात् पारदर्शी ढंगले, नाताबाद, कृपाबाद, हाम्रो मान्छे होईन् कि राम्रो मान्छे, उपयुक्त ब्यक्ती उपयुक्त स्थानमा, सिप अनुसारको स्थान भई त्यसै अनुसारको सेवा सुबिधा प्रदान गरी नेपाल प्रहरीका सदस्यहरुलाई कुनै पक्षपात् नगरी भिजन सहितको बोल्ड डिसिजन लिन सक्ने नेतृत्वको आवश्यकता रहेको छ ।

जुन नेतृत्व हाल सम्म नेपाल प्रहरीले पाउन सकेको देखिदैन । जसको कारणले ब्यबसायिक प्रहरीहरु समेत यो वा त्यो रुपमा दण्डित हुने र मनोबल उच्च बनाई काम गर्ने वातावरण उत्पन्न हुन नसकेको तितो यथार्थ हार्मो सामु छरपष्ट भएकै छन् । त्यसको एक ज्वलन्त उदाहरण हो नबराज सिलवाल प्रकरण ।

नेपाल प्रहरीमा बिगत देखि नै कामले चिनिएका प्रहरी, तलैदेखि स्व घोषित रुपमा बनाईएका सेलीब्रेटी र गरेको काम भन्दा मिडियामा बढी चर्चामा आउने र शक्तीकेन्द्र धाउने प्रहरी यस्तै ३ थरी प्रवृित बिगतदेखि नै नेतृत्वमा बिद्यमान रेहेको छ । हालसम्म प्रहरी संगठनलाई कामले चिनाएका प्रहरीले नेतृत्व गर्न नपाएको तितो यथार्थ हामीसमू बिद्यमान छ ।

हालसम्म जति प्रहरी अधिकृत संगठनको नेतृत्वमा पुगे पनी सम्पुर्ण पहिलेदेखि घोषित गरिएका र चर्चामा ल्याई सोही अनुसार ग्रुम गरिएका ब्यक्तीलाई नै नेतृत्वमा यो वा त्यो तरिकाले पुर्याईयो त्यसको कारण नेपाल प्रहरी संगठन हाल करिब करिब बिघटनको अवस्थामा पुर्याईएको छ । अर्थात् कामको मुल्यांकन होईन की शक्तीकेन्द्र वा माथीको आदेशको भरमा प्रहरी संगठन परिचालन गरियो । जसले गर्दा योग्य र सेवा भाव राखि संगठन प्रबेश गरेको अधिकारीहरु निरासा उन्मुक हुन पुगे भने प्रहरीले जन बिश्वास जती पाउनु पथ्र्यो त्यो पाउन सकेन ।

यस्तो गहन जिम्मेवारी बोकेको संगठन प्रमुख रोज्ने मौका हाल विकास, समृद्धि र शुसासन ल्याउने उद्देश्यका साथ जनताबाट अनुमोदित भई आएको बाम गठबन्धन सरकारले प्राप्त गरेको छ । यस सरकारले कामले आफ्नो ब्यक्तीत्व बिकास गरेका अर्थात् चाहे पर्सामा रहदा होस् वा धनुषामा वा जनआन्दोलन उत्कर्षमा पुग्नै लाग्दा काठमाडौको सुरक्षा कमाण्ड सम्हालेका वा अपराध महाशाखामा रहदा राज्यको लागी खेलकुद खेल्दा म्याच फिक्सीङ्, उपभोक्तालाई ठगी गर्ने नाउमा पेट्रोल पम्पमा बिद्युतिय उपकरण जोडी कम तेल आउने बनाई करोडौ ठगी गर्ने, बेरोजगारी युबालाई बिदेश पठाउने नाउमा ठुलो रकम लिई ठगी गर्ने मेनपावर ब्यबसायी माथि निर्भिकरही कारबाही गरेका नायव प्रहरी महानिरीक्षक (डिआइजी) सर्वेन्द्र खनाल उपयुक्त पात्र देखिएका छन ।

त्यतीमात्रै हैन पढाईको लागी बिदेशिने बिद्यार्थीहरुलाई ठुलो रकम लिई शैक्षिक लुट मच्चाउने कन्सल्टेन्सीलाई कानुनी दायरामा ल्याउने, नाकाबन्दीको समयमा जनतालाई सेवा दिनुको बदला मौकामा चौका हान्ने नाफाबाट ब्यापारीहरुलाई कालोबजारी गर्नबाट बञ्चित तुल्याउने एवं गुण्डागर्दी नियन्त्रणको लागि यस्ता कार्यमा संलग्न एवं पेशेवार गिरोह सञ्चालन गर्ने लाई निर्दयी ढंगले कारबाही गर्ने खनाल आज नेपाल प्रहरीको नेतृत्वका लागि एक नम्बरमा रहेका छन ।

खनाल जनताको मुटुको ढुकढुकी बनेका छन भने काठमाडौको ट्राफिक ब्यबस्थापनमा उल्लेखनिय सुधार ल्याउदै आफुलाई स्थापित गर्न सफल भएका छन । पाएका सबै जिम्मेबारी कुशलता र सफलतापूर्व निर्वाह गर्ने एक भिजन र मिसन भएका काबिल प्रहरी अधिकृत जुन अहिले कार्यसम्पादन मूल्यांकनमा समेत एक नम्बरमा रहेका छन । हुनत सर्वोच्च अदालतले सिलवाल प्रकरणमा कार्यसम्पादन मूल्यांकनलाई आधार मान्नुपर्ने गरी नजिर स्थापित गरेको छ ।

प्रहरी संगठनमा गलत ढंगले हात हाल्दा के हुन्छ भन्ने कुरा तत्कालनी प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहालले जानेकै छन । जसलाई कांग्रेस र माओवादीले पछिसम्म पनि गल्ति भएको बताइरहेका छन । त्यसकारण वर्तमान सरकारले पद्धती स्थापित गर्नका लागि भए पनि कार्यसम्पादन मूल्यांकनमा एक नम्बरमा रहेका डिआइजी खनाललाई प्रहरीको नेतृत्वमा सुम्पनेमा म विश्वस्त छु । हुन त प्रतिस्पर्धामा रहेका रमेश खरेल र पुष्कर कार्की पनि कमजोर होइनन तर कार्यकुशलता र जिम्मेवारी बहन क्षमताको हिसाम खनाल नै अब्ल छन जुन कुरा कार्यसम्मपादन मूल्यांकनले नै बताएको छ ।

 

प्रकाशित मिति : १२ चैत्र २०७४, सोमबार १६:२१