१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

के गरौँला नेपालमा मास्टर डिग्री सकाएर ? (गजल)


–इन्द्र भट्टरार्इ

बाउको लास अड्केको छ मलामी नपाएर ।
छोरो पन्छिन्छ खाडीबाट क्रिया खर्च पठाएर ।।

आजभोलि एउटै कुरा खेलिरहन्छ मनमा
के गरौँला नेपालमा मास्टर डिग्री सकाएर ??

फेसन हो या उत्ताउलोपन म कुरै बुझ्दिन
आधुनिक देखिनु छ आफैंलाइ नङ्गाएर ।।

जब आफ्नै गोठको गाई गतिलो छैन यार
के को माखो मर्ला र खै बाघलाइ धपाएर ।।

प्रकाशित मिति : १२ चैत्र २०७४, सोमबार १४:०६