१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मलेसियामा अवैध रुपमा काम गरेर बसेका ९ जना नेपाली पक्राउ


२५ माघ,काठमाण्डौ  ।  मलेसियामा अवैध रुपमा काम गरेर बसेका ९ जना नेपालीसहित १ सय विदेशी पक्राउ परेका छन् ।कागजात नभएका र सम्झौता अवधि सकिएपछि पनि काम गरिरहेका विदेशी कामदारलाई मलेसियाको अध्यागमन विभागले पक्राउ गरेकाे हो । पक्राउ पर्नेमा ९ जना नेपाली, ६८ जना बंगलादेशी, ३६ जना इण्डोनेसियन र ७ जना म्यानमारका नागरिक रहेको मलेसियाका सञ्चारमाध्यमले जनाएकाे छ ।

बिहीबार सिटी सेन्टरमा अध्यागमनका कर्मचारीले जाँच गर्दा उनीहरु पक्राउ परेका हुन् । कानुन उल्लङघन गर्नेहरु विरुद्ध कारवाही गरिने मलेसियाको अध्यागमन विभागले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार १२:५१