१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेपाल राष्ट्र बैंककाे ५ अर्बको रिपो बोलकबोल आजदेखि


२४ माघ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार  ५ अर्ब बराबरको रिपो बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैंकले बुधबार एक सूचनामार्फत बोकबोल प्रक्रियामा सहभागी हुन ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकलाई आग्रह गरेको छ ।

पछिल्ला दिनमा बैंकले रिपो र ट्रेजरी बिलजस्ता आर्थिक उपकरणमार्फत तरलता प्रवाह गर्न लागेको छ । बिहीबार बोलकबोलबाट बिक्री हुन लागेको ५ अर्ब बराबरको रिपो एक साताका लागि हुने छ । सो रिपोको अवधि आगामी फागुन २ गतेसम्मका लागि हुनेछ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार ०९:१६