२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

सिरियल निर्मात्री एकता कपुर विवाह नै नगरी आमा बनिन्, घरमा जन्मियाे छाेरा


१७ माघ, मुम्बइ ।  फिल्म तथा सिरियल निर्मात्री एकता कपुरले विवाहनै नगरीकन ४३ बर्षकाे उमेरमा आमा बनेकी छिन् । २७ जनवरीमा एकताकै घरमा छोराको जन्म भएको छ ।  अविवाहित एकताले यो छोरा सेरोगेसीको माध्यमले जन्माएकी हुन् । भारतीइ मिडियाले जनाएअनुसार नवजात शिशुको स्वास्थ्य पूरै ठिक छ ।

एकताका भाइ तुषार कपुर पनि ३९ वर्षको उमेरमा २०१६ मा सेरोगेसीकै माध्यमबाट छोराका पिता बनिसकेका छन् । उनले आफ्ना छोराको नाम लक्ष्य राखेका छन् । उनी जूनमा ३ वर्षका हुँदैछन् । तुषार पनि सिंगल अभिभावक हुन् । उनले पनि बिहे गरेका छैनन् ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहीबार २१:०३