१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

गोविन्द केसीको नाममा अस्पताल बन्द गराइ नर्सिङहोममा यसरी लगिन्छ बिरामी (भिडियोसहित)


१७ माघ, काठमाडाैँ । डा गोविन्द केसीको नाममा अस्पताल बन्द गराउने नेपाली कांग्रेस निकटका चिकित्सकहरूले नर्सिङहोममा बिरामी लैजाने गरेको एउटा तथ्यको खुलासा भएको छ । गोविन्द केसीले अनशनका लागि पेवा बनाएको टिचिङ अस्पतालमै कार्यरत  प्रा.डा रामप्रसाद उप्रेतीले अस्पताल बन्दा गराएर निजी नर्सिङहोममा बिरामी लैजाने गरेको बताए । प्रा डा उप्रेतीको भनाइ उनकै अावाजमा सुनुहोस् ।

उनले अस्पतालमा बन्द हड्ताल गरे प्रतिरोध गर्ने चेतावनी दिए । उनले अस्पताल शान्ति क्षेत्र भएको भन्दै अनशन, बन्द र हड्ताल बिरुद्ध आफूहरु उभिने बताए । बिहीबार डा गोविन्द केसीको अनशनको बरोधमा प्रदर्शन गर्दै त्रिवि शिक्षण अस्पतालका, चिकित्सक, नर्श र स्वास्थ्यकर्मीहरुले हडताल गरे प्रतिरोधमा उत्रने चेतावनी दिए ।

बिरोधसभामा प्रा.डा. प्रदीप ज्ञवालीले कुनै पनि बहनामा बिरामीहरुको उपचारमा अबरोध भए आफूले प्रतिरोध गर्ने चेतावनी दिए । चिकित्सकहरुको काम उपचार भएको भन्दै अस्पलतालमा राजनीति नगर्न चेतावनी दिए । डा.ज्ञवालीले डा.केसीलाई मोहोरा बनाएर राजनीतिक दल र स्वार्थ समुहहरुले शिक्षण अस्पताललाई राजनीतिको थलो बनाएको बताए ।

डा.केसीले सुरुमा अनशन गर्दा आफू नै सहयोगी र अभियान्ता भएर हिडेको संस्मरण गर्दै उनले तर डा.केसीको अनशन राजनीतितिर मोडिएपछि आफू अलग भएको बताए । डा.ज्ञवालीले नेपाल चिकित्सक संघ भित्र अनियमितता र भ्रष्टचार रहेको बताउँदै यो संघ केवल एउटा पार्टीको गोटी भएको बताए ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहीबार २०:३६