१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

प्रधानमन्त्री ओलीले आफैँ उडेर झापा–काठमाडौँ रात्रीकालीन हवाई सेवा सुरू गरे (फोटोफिचर)


१७ माघ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँ काठमाडाैँका लागि उडेर झापा–काठमाडौँ रात्रीकालीन हवाई सेवा सुरूवात गरेका छन । संस्कृति पर्यटन तथा नागरिक उड्यन्त्री रविन्द्र अधिकारीले ट्वीट मार्फत प्रधानमन्त्री ओलीले आफैँ रात्रीकालिन उडानमा काठमाडाैँ प्रस्थान गरेर हवाइसेवा सुरू गरेको जानकारी दिए ।

चन्द्रगढी विमानस्थल भद्रपुर झापामा आजबाट रात्रीकालीन हवाई सेवा सुरू भएको छ । केहीबेरअघिमात्र प्रधानमन्त्रीसहितको टोली भद्रपुरबाट काठमाडाैँका लागि उडेको छ । यसअघि धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा विराटनगर विमानस्थलमा विगत ५ महिना अघि रात्रीकालीन उडान सञ्चालनमा अाएका छन । मन्त्री अधिकारीले अबको २ महिनापछि जनकपुरमा पनि रात्रीकालीन उडान गर्ने जानकारी दिएकाछन ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहीबार २०:०९