२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

प्रिती जिन्टाकाे १० वर्ष कान्छा श्रीमान्, यस्ताे छ उनकाे जाेडी


१७ माघ, मुम्बई  । बलिउडमा विशेष छाप छोड्न सफल अभिनेत्री प्रिती जिन्टाले करियरको सुरुवातमा ‘दिल से’ र ‘सोल्जर’ बाट निकै प्रशंसा बटुल्न सफल भएकी थिइन् । सन् १९९८ मा रिलीज भएको यी दुई फिल्मलाई धेरैले मन पराए । फिल्म समिक्षकहरुले समेत प्रशंसा गरेका यी फिल्मका कारण जिन्टाले फिल्मफेयरमा सर्वश्रेष्ठ नयाँ अभिनेत्रीको पुरस्कार जित्न सफल भएकी थिइन् ।

प्रिती जिन्टाले बलिउडका सबैजसो ठूला अभिनेता तथा कलाकारसँग काम गरिसकेकी छिन् भने उनले आफ्नो बेग्दै पहिचान बनाउन सफल भएकी छिन् । प्रिती जिन्टाले सन् २०१६ मा जीन गुडएनफसँग बिहे गरिन् । उनीभन्दा श्रीमान १० वर्ष कान्छा छन् । तर, बिहेभन्दा पहिले प्रितीका केहि प्रेमसम्बन्धले चर्चाको शिखर चुमेको थियो ।

ब्रिटिश–भारतीय व्यवसायी नुस्ली वाडियाका छोरासँग प्रिती जिन्टाको सम्बन्ध लामो समयसम्म रह्यो । यी दुवैले मिलेर आइपिएलको टिम पनि किनेका थिए । तर, विस्तारै सम्बन्धमा तित्तता पैदा भयो र नेस वाडिया प्रितीको जीवनबाट टाढिए ।

त्यसैगरी, क्रिकेटर युवराज सिंहसँग पनि प्रितीको अफेयरको हल्ला चलेको थियो । आईपीएल टिमका कप्तान समेत रहेका सिंह र प्रिती जिन्टा क्रिकेट मैदानमा सँगसँगै आउने जाने गर्थे तर पछि यी दुईको पनि बाटो अलग भयो ।

आईपीएल टिमको मालिक भएका कारण प्रिती जिन्टाको सम्पर्क क्रिकेटर्ससँग नै धेरै हुने गथ्र्यो । यसै दौरान उनको सम्पर्क अष्ट्रेलियाका खेलाडी ब्रेट लीसँग भयो । ब्रेटलीलाई भेट्नको लागि प्रिती अष्ट्रेलिया पनि जाने गर्थिन् तर उनीहरुको पनि सम्बन्धमा पूर्णविराम लाग्यो ।

यसका साथै प्रिती जिन्टाको नाम केहि समयको लागि अमेरिकामा रहेका प्रवासी भारतीय होटल व्यवसायी विक्रम चटवालसँग पनि जोडिएको थियो । त्यसैगरी प्रितीको नाम सैफ अली खानसँग पनि जोडिएको थियो । सन् २००५ मा रिलीज भएको फिल्म ‘सलाम नमस्ते’ मा सैफसँग प्रितीले बोल्ड सिन दिएकी थिइन् । यसकारण पनि हुनसक्छ यी दुईको अफेयरको चर्चा बजारमा चलेको थियो ।

विवाहपछि बलिउड अभिनेत्री प्रिती जिन्टा फिल्मबाट टाढा छिन् । बरु उनको निजी जिन्दगीका विषयमा मिडियामा विभिन्न चर्चा परिचर्चा भइरहेका छन् ।एजेन्सी

प्रकाशित मिति : १७ माघ २०७५, बिहीबार ११:०५