१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

नेविसंघका पूर्व नेता डा गोविन्द केसीको अनशनमा थपियो नेपाल चिकित्सक संघको रिले अनशन


१४ माघ, काठमाडाैँ । मेडिकल कलेजको सिण्डिकेट तोड्नेगरी सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेय प्रतिनिधिसभाबाट पारित गराएपछि विक्षिप्त बनेको नेपाली कांग्रेस सडक आन्दोलनमा निस्किएको छ । आफ्नो सबै भ्रातृ संगठन र कार्यकर्तालाइ आन्दोलनमा उत्रन कांग्रेसले निर्देशन दिएपछि नेविसंघले सडकमा अराजकता सिर्जना गर्न सुरू गरिसकेको छ ।

त्यस्तै कांग्रेस समर्थित चिकित्सकहरूले आज सोमबारदेखि त्रिवि शिक्षण अस्पतालमा रिले अनशन सुरू गरेका छन । पार्टीको निर्देशन अनुसार नेपाल चिकित्सक संघमा आबद्ध चिकित्सकहरू रिले अनशनमा बसेका छन । नेपाली कांग्रेसको भ्रातृ संस्थाको रूपमा काम गर्दै आएको आरोप लागेको चिकित्सक संघले रिले अनशनको अगुवाइ गरेको छ ।

नेपाल विद्यार्थी संघका पूर्व नेता गोविन्द केसी यसपटक कम्युनिष्ट सिध्याउछु भनेर अनशनमा रहेका छन । केसीको कम्युनिष्ट सक्ने घोषणामा कांग्रेस र चिकित्सक संघ पनिसँगै आन्दोलनमा होमिएका छन । कांग्रेस र केसीले पहिलो चरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा समेत मागेका छन ।

प्रकाशित मिति : १४ माघ २०७५, सोमबार १२:०७