२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

आफ्नो प्रेमी हुँदाहुँदै भ्यालेन्टाइन डेमा कस्को छेउ सर्न खोज्दैछिन् प्रियंका ?


८ माघ, काठमाण्डाै  ।  अभिनेत्री प्रियंका कार्की र आयुषमान देशराजको मुख्य अभिनय रहेको चलचित्र ‘प्रेम दिवस’को पहिलो गीत ‘तिम्रो छेऊ सँरु कि म’ सार्वजनिक भएको छ ।  गायिका अन्जु पन्तको स्वर रहेको गीतमा शब्द तथा संगीत महाराज थापाको रहेको छ ।

लभ स्टोरी विधामा निर्माण भएको चलचित्र ‘प्रेम दिवस’मा प्रियंका कार्की र आयुष्मान देशराज जोशी रिएल जाेडी रहेका छन् । चलचित्रको निर्देशन योगेश घिमिरेले गरेका छन् । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व, रेनिश फागोको छायांकन, मिलन श्रेष्ठ र बनिश शाहको सम्पादन रहेको छ । चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।

प्रकाशित मिति : ८ माघ २०७५, मंगलवार १९:४६