२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

भ्रष्टाचारको विरोध गर्नेहरू एन्फाको कारबाहीमा परेपछि मन्त्रालयद्धारा छानविन समिति गठन


८ माघ, काठमाडाैँ । भ्रष्टाचारको बिरोध गर्नेहरूलाइ एन्फाले कारबाही गर्न थालेपछि युवा तथा खेलकुद मन्त्रालयले निर्वाचनमा भएको आर्थिक अनियमितताका विषयमा छानबिन गर्न ३ सदस्यीय समित गठन गरेको छ । मन्त्रालयकै सहसचिव अणप्रसाद न्यौपानेको अध्यक्षतमा गठित तीन सदस्यीय समितिमा मन्त्रालयका उपसचिव समन्तमणि आचार्य र राष्ट्रिय खेलकुद पपिरषद्को संघ संस्था विभाग प्रमुख डेमबहादुर बस्नेत रहेका छन् ।

छानबिन समितिले १० दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले चार जिल्ला फुटबल संघले गरेको उजुरीमा मन्त्रालयले छानबिन समिति गठन गरेको बताएका छन ।

प्रकाशित मिति : ८ माघ २०७५, मंगलवार १४:५८