१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सिलवालले भनेः अधिनायकवादी पात्रको ज्यादतिबाट मुलुकले उन्मुक्ति पायो


४ फागुन, काठमडौँ । नेकपा एमालेका सांसद नवराज सिलवालले शेरबहादुर देउवामाथि कटाक्ष गरेका छन । सिलवालले आफ्नो ट्वीटर मार्फत देउवाको बहिर्गमनलाई अधिनायकवादी पात्रको ज्यादतीबाट मुलुकले उन्मुक्ति पाएको बताएका छन ।

सिलवालले ट्वीटरमा लेखेका छन ‘कानुनको धज्जी उडाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तैयार एउटा अधिनायकवादी पात्रको ज्यादतिबाट मुलुकले आज उन्मुक्ति पाएको छ ।’ शेरबहादुर देउवाले आइजिपी प्रकरणसँग जोडेर सिलवालसँग व्यक्तिगत प्रतिशोध लिन खोजको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७४, शुक्रबार ०९:३९