१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अष्ट्रेलिया एसियन कपको क्वार्टरफाइनलमा प्रवेश


८ माघ, काठमाडाैँ । अष्ट्रेलिया एसियन कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । उज्वेकिस्तानलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै अष्ट्रेलियाले अन्तिम आठमा पुगेको हो ।

निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा अष्ट्रेलिया चार गोल गर्न सफल हुँदा उज्वेकिस्तानका दुईवटा प्रहार गोलकिपर म्याथ्यु रायनले बचाएका थिए । यसअघि भएको खेलमा साउदी अरेवियालाई १–० ले हराउँदै जापान क्वार्टरफाइनलमा पुगिसकेको छ ।

प्रकाशित मिति : ८ माघ २०७५, मंगलवार ०८:३३