२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

व्यङ्ग्यात्मक निबन्ध संग्रह ‘बोकाको मन’ विमोचन


६ माघ,काठमाण्डौ  । साहित्यकार काशिनाथ ज्ञवालीको व्यङ्ग्यात्मक निबन्ध संग्रह ‘बोकाको मन’ विमोचन भएकाे छ । २४ निबन्धहरु संग्रहित पुस्तक ‘बोकाको मन’ को विमोचन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्नुभएको थियो । भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित ‘बोकाको मन’ पुस्तकमा नेपालको वर्तमान राजनीतिक तथा सामाजिक अवस्थामाथि व्यङ्ग्यात्मक प्रहार गरिएको छ ।

साहित्यकार काशिनाथ ज्ञवाली पेसागत रुपमा शिक्षक हुनुभएपनि उहाँका ‘रक्सी’ महाकाव्य (२०५१), ‘दुर्भाग्य’ महाकाव्य (२०६४) र अन्य फुटकर लेख रचनाहरु प्रकाशित भइसकेका छन् ।  हुनुहन्छ । दृष्टिविहीन भएर भोग्नु परेका चुनौतीकाबीच उहाँ लामो समयदेखि साहित्यिक यात्रा गर्दै आउनुभएको छ ।

प्रकाशित मिति : ६ माघ २०७५, आईतवार १३:१३