१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मोबाइल र सुनको औँठी लुटेर मकवानपुरका पत्रकार मनोहर ढकालको हत्या गर्नेहरू पक्राउ


५ माघ, मकवानपुर । मोबाइल र सुनको औँठी लुटेर मकवानपुरका पत्रकार मनोहर ढकालको हत्या गर्नेहरू पक्राउ परेका छन । प्रहरीले उनीहरूलाइ पक्राउ गरी शनिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । प्रहरीले पत्रकार ढकालको हत्यामा संलग्न दुईजना र मोबाइल र सुन खरिद गर्ने अन्य दुईजनालाई समेत सार्वजनिक गरेको छ ।

 प्रहरीका अनुसार हत्यामा संलग्न हुनेमा हेटौंडा ११ का १९ वर्षीय अनमोल पुडासैनी र मनहरी गाउँपालिका वडा नम्बर १ का १८ वर्षीय प्रविण वाइवा रहेका छन । जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भटराइले प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले दश दिनसम्मको लामो अनुसन्धानपछि हत्यामा संलग्नलाई पक्राउ गर्न सफल भएको बताए । हेटौंडा ११ नवलपुर निवासी ढकालको हेटौंडा १ भैरवडाँडाको जंगलमा हत्यामा भएको थियो ।

तस्बीरः हरि हुमागाइँ उज्यालोअनलाइन ।

भट्टराइका अनुसार ढकालको हत्या गरेर बिक्री गर्न ल्याएको मोबाइल खरिद गर्ने व्यवसायी भीमफेदी गाउँपालिका ६ का ३१ वर्षीय दिनेश थापा र सुनको औंठी खरिद गर्ने सुन व्यवसायी हेटौंडा २ का नारायणबहादुर सुनार समेत पक्राउ परेका छन ।

प्रकाशित मिति : ५ माघ २०७५, शनिबार १५:४४