१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

ताप्लेजुङमा साथीकाे बन्दुक पड्किँदा युवककाे मृत्यु


४ माघ, ताप्लेजुङ । शिकार खेल्न सँगै गएका साथीले बोकेको बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ । फक्ताङलुङ गाउँपालिका–४ इखाबुका ३७ वर्षीय देवीबहादुर लिम्बूको शिकार खेल्ने क्रममा साथीले बोकेको बन्दुक पड्किएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो । लिम्बूको बन्दुकको छर्रा लागेर घटनास्थलमै ज्यान गएको हो ।

शिकार खेल्न सँगै निस्किएका सुरेन्द्र तामाङले लोड गरेर बोकेको बन्दुक हातबाट झरेर पहरामा ठोक्ँिकदा पड्किएर छर्राले लागेर लिम्बूको मृत्यु भएको थापाले बताउनुभयो । तामाङलाई आज जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको थापाले बताउनुभयो ।

प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार २०:५४