१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

टिचिङका चिकित्सकले विजय थापाको उपचार गर्न मानेन्, के टिचिङ अस्पताल केसीको पेवा हो ?


४ माघ, काठमाडाैँ । त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महाराजगञ्चले चिकित्सा शिक्षा विधेयकको पक्षमा अनशन बसिरहेका विजय थापाको उपचार गर्न अस्वीकार गरेको छ । अस्पतालले विजयको उपचार गर्न नमानेपछि उनलाइ त्यहाँबाट निकालेर माइतीघरको अन्नपूर्ण न्यूरो अस्पताल लगिएको छ । थापाले त्यहाँ उपचार नगराउने भनेपछि उनलाइ माइतीघर मण्डलाको चिसो भुइँमा राखिएको छ ।

एक सातादेखि अनशनमा रहेका थापाको स्वास्थ्य अवस्था कमजोर भएपछि शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट काठमाडाैँ ल्याएर टिचिङको अाकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनी स्वास्थ्य अवस्था नाजुक भएपछि अाइसियुमा भर्ना गर्नुपर्नेमा उल्टो शिक्षण अस्पतालले विजयको उपचार नगर्ने भन्दै डिस्चार्ज गरिदिएको छ । विजयलाइ उनका शुभेच्छुकले टिचिङले उपचार गर्न नमानेपछि उनका समर्थकले माइतिघर पुर्याएका हुन । थापाको स्वास्थ्य अवस्था नाजुक बनेको छ ।

बिहानको राति काठमाडौं ल्याइएका डा. केसीको उपचारका लागि त्रिवि शिक्षण अस्पतालले चिकित्सक र नर्स सहभागी टोली नै गठन गरेको छ। तर, थापालाई भने इमर्जेन्सी कक्षमा अलपत्र पारिएको थियो । इमर्जेन्सीमा राखिएका थापालाई भेट्न गएका सञ्चाकर्मीमाथि नै डाक्टरले दुर्व्यवहार गरेका थिए । अस्पताल परिसरमा दर्जनौको संख्यामा प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा परेको थियो ।

गोविन्द केसीको अनशनले अस्तव्यस्त भएको टिचिङमा पछिल्लो समय नेपाली कांग्रेसका नेताको सिफारिस बिनाका बिरामीलाइ दुःख दिने र बाहिरको अस्पताल जान बाध्य पार्ने गरेका छन । अझ नजिकै बिमी स्मृति अस्पताल छ त्यहाँ जानुस राम्रो चिकित्सक छन भनेर सिफारिस समेत दिने गरेका छन ।

प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार २०:१९