२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

पर्वतकाे बस दुर्घटनामा मृत्यु  भएकाकाे परिवारलार्इ गाउँपालिकाले किरिया र उपचार खर्च दिने


४ माघ, पर्वत ।  बिहीबार भएको बस दुर्घटनामा परी मृत्यु भएका यात्रुका परिवार र घाइतेलाई जलजला गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । मृतकका परिवारलाई किरिया खर्चस्वरुप रु १५ हजार र घाइतेलाई उपचारका लागि रु पाँच हजार सहयोग गर्ने गाउँपालिकाले निर्णय गरेको अध्यक्ष यामबहादुर मल्लले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जलजलाकै बढी यात्रु दुर्घटनामा मृत्यु तथा घाइते भएकाले पीडित परिवारलाई सहानुभूति स्वरूप सानो सहयोग गर्ने निर्णय गरेका हौँ ।” दुर्घटनामा सो गाउँपालिकाका वडा नं ७ र ८ का गरी चारको मृत्यु भएको थियो । त्यस्तै जलजलाकै १४ घाइते भएका छन् । उनीहरुको पोखरा र काठमाडौँका अस्पतालमा उपचार भइरहेको छ ।

बिहीबार बिहान म्याग्दीको बेनीबाट नारायणगढका लागि हिँडेको ग १ ख ६१०८ नम्बरको बस कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना हुँदा सातको मृत्यु र ३१ घाइते भएका थिए । तीनको घटनास्थलमा र चारको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये नौको काठमाडौँ र २२ को पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार १८:३०