२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

भ्यालेनटाइन डेको साइतमा अभिनेतृ वर्षा राउतले लगन गाँठो कस्दै


३० पुस, काठमाडाैँ । भ्यालेनटाइन डेको साइतमा अभिनेतृ वर्षा राउतले लगन गाँठो कस्ने भएकी छिन । लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै आएका अभिनेतृ वर्षा राउतले अभिनेता संजोग कोइरालासँग लगन गाँठो कस्न लागेकी हुन । उनीहरुले सोमबार फेसबुकमार्फत विवाहको मिति घोषणा गरेका छन्। वर्ष र संगोग आउँदो फागुन दुई गते भ्यालेनटाइन डे (प्रणय दिवस)का लगनगाँठोमा कसिने मिति सार्वजनिक गरेका छन ।

उनीहरुले आफ्नो आधिकारिक फेसबुकमा डिजाइन गरिएको एक कार्डमार्फत् विवाहको जानकारी र मिति घोषणा गर्दे भनेका छन्, ‘योभन्दा हामीलाई अत्यन्त खुसी महशुस भइरहेको छ कि हामी जीवनकालसम्मको यात्रा सुरुवात गर्न गइरहेका छौं।’

 

प्रकाशित मिति : ३० पुष २०७५, सोमबार १२:५०