२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

भुलेर यो सारा संसार जुनी-जुनी संगै बाँचौं (स्वतन्त्र-गजल)


-पवित्रा मुडभरी

आउ आज अंगालोमा बाँधिएर माया साटौं
भुलेर यो सारा संसार जुनी-जुनी संगै बाँचौं

रिस गर्ने दुनिया सब डाहा गर्दै जलुन बरू
फक्रिएको प्रित हाम्रो संगाालेर जुग काटौं

तिमी हाँस म हाँस्नेछु, छुट्टै संसार हुन्छ हाम्रो
भुलेर सारा पिडा खुसीहरूको माला गासौँ

माया भन्दा ठुलोकुरा के नै छर प्रिय अरू
दुख-सुख जेभएनि सँगै ज्युने बाचा बाधौं

प्रकाशित मिति : २८ पुष २०७५, शनिबार १२:३१