१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

ए डिभिजन लिगको उपाधि जितेर पनि अन्तिम खेलमा फ्रेन्डसँग हार्याे मनाङ


२४ पुस, काठमाडाैँ । शहीद स्मारक ए डिभिजन लिगको उपाधि जितेर पनि मनाङ मर्स्याङ्दी क्लब अन्तिम खेलमा भने पराजित भएको छ । मनाङले लिगकाे अन्तिम खेलमा नमिठाे हार व्यहाेर्याे । लिगकाे केही खेल बाँँकि छँदै उपाधि हात पारेकाे मनाङ अन्तिम खेलमा  फ्रेन्ड्ससँग १–० ले पराजित हुन पुग्यो । पराजयसँगै लिगका  सबै खेलमा शतप्रतिशत नतिजा निकालेर कीर्तिमान कायम गर्न भने मनाङ चुक्यो ।

हारपछि मनाङले १३ खेलबाट ३६ अंक बनाउँदै लिग टुंग्याएको छ । साथै उसले लिग विजेताका हिसाबले एएफसी कपमा सहभागिता जनाउन पाउनेछ । यता फ्रेन्ड्सले तीन अंक जोड्दै बटम थ्रीबाट माथि उक्लन सफल भयो ।

प्रकाशित मिति : २४ पुष २०७५, मंगलवार १७:४४