१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बीपीएलमा पनि चम्किए सन्दीप, डेब्यु खेलमै लिए विकेट


२२ पुस, काठमाडौँ । अष्ट्रेलियन लिग बिग बासमा तहल्का मच्चाएका सन्दीपले बंगलादेश प्रिमियर लिग बिपिएलको डेब्यू खेलमा दुई विकेट हात पार्न सफल भएका छन् । सिलहेट सिक्सर्सका तर्फबाट आइतबार मैदान उत्रेका सन्दीपले कोमिला भिक्टोरियन्स विरुद्ध दोस्रो ओभरसम्म कुनै विकेट लिन सकेका थिएनन्।

तर तेस्रो ओभरमा बलिङमा उत्रेका सन्दीपले भिक्टोरियन्सका सोइब मलिकको विकेट हातपार्न सफल भए । त्यसपछि चौथौ ओभरका लागि समेत सिक्सर्सले सन्दीपलाई बलिङको अवसर दिएको थियो । सन्दीपले त्यस अवसरलाई खेर जान दिएनन् उनले चौथौ ओभरमा अनामुल हाकीलाई आउट बनाउन सफल भए।

आज सन्दीपले चार ओभर बलिङगर्र्दा आफ्नो उत्कृष्टता प्रदर्शन गर्न सफल भएका छन्। उनले २४ बलगर्दा मात्र १६ रन दिए। सन्दीप लामिछानेले गत हप्तासम्म बिग बासमा ४ खेल खेले। ४ खेलमा उनले ८ विकेट हात पारे। सबै खेलमा उनले क्लबका कप्तानलाई आउट बनाएका थिए।

सन्दीप बिग बासमा जस्तै बिपिएलको डेब्यूमा समेत शानदार प्रदर्शन गर्न सफल भए। ढाकामा जारी खेलमा सन्दीपको टीम सिल्हेट सिक्सर्सले कोमिलल्ला भिक्टोरियन्ससामु १२८ रनको चुनौती पेश गरेको छ ।

 

प्रकाशित मिति : २२ पुष २०७५, आईतवार १५:५६