१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

प्रदेश तीनका जनप्रतिनिधिको तलब दोब्बर, कसले कति पाउँछन अब ?


१९ पुस, काठमाडाैँ । प्रदेश तीनका जनप्रतिनिधिको तलब दोब्बर बढेको छ । प्रदेश तीन सरकारले जनप्रतिनिधिहरुको तलब दोब्बर गर्ने निर्णय गरेको हो । विहिबार मुख्मन्त्रीको कार्यालयमा बसेको मन्त्रीपरिषद बैठकले स्थानीय तहका जनप्रतिनिधिको तलब दोब्बर बनाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलका अनुसार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका जनप्रतिनिधिको तलब सुबिधा दोब्बर बनाइएको हो । निर्णय अनुसार अब ८ हजार मासिक तलब बुझ्दै आएका महानगर कार्यपालिका सदस्यले अब मासिक १५ हजार पाउने छन् ।

यसैगरी उपमहानगरका सदस्यहरुले मासिक १३ हजार, नगरपालिकाका सदस्यहरुले ११ हजार र गाउँपालिकाका सदस्यहरुले ७ हजार रुपैयाँ पाउने भएका छन् । उपमहानगरकाले ७ हजार ५ सय, नगरपालिकाकाले ७ हजार र गाउँपालिकाका सदस्यले ६ हजार रुपैयाँ पाउँदै आएका थिए ।

प्रकाशित मिति : १९ पुष २०७५, बिहीबार २३:५६