१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कर्मचारीको तलबभत्ता पनि अाफैँ बुझ्छन सभामुख महरा र राष्ट्रियसभा अध्यक्ष तिमल्सिना


४ पुस, काठमाडाैँ । संघीय संसदका पदाधिकारी र सांसदले आफ्ना स्वकीय सचिव तथा सचिवालयका कर्मचारीको तलबभत्ता आफैँले बुझ्ने गरेको पाइएको छ । नियम विपरित कर्मचारीको तलबभत्ता सबैभन्दा बढी बुझ्नेमा सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सना रहेका छन् ।

 ऐनको व्यवस्थाविपरीत उनीहरूले कर्मचारीको तलब भत्त अालैँ बुझेका हुन । संसद् सचिवालयले कर्मचारीको तलबभत्ताबापत महरा र तिमल्सिनाले खातामा जनही मासिक १ लाख ९७ हजार ५ सय १० रुपैयाँका दरले जम्मा गरिदिने गरेको छ ।

‘संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन’ अनुसार सचिवालयका कर्मचारीकै बैंक खातामा तलब पठाउनुपर्नेमा संसद् सचिवालयले सभामुख र अध्यक्षको खातामा मासिक रकम जम्मा गरिदिने गरेको छ भने सभामुख र राष्ट्रियसभा अध्यक्षले पनि त्यसलार्इ स्वीकार्दै अाफैँले उक्त तलब भत्ता बुझ्दै अाएका छन ।

प्रकाशित मिति : ४ पुष २०७५, बुधबार ०७:४८