१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

क्रिकेटमा ऐतिहासिक उपलब्धि दिलाउन सफल नेपाली टोली आज स्वदेश फर्कदै


५ चैत, काठमाडौँ । नेपाललाई आइसीसी क्रिकेटको एक दिवसीय मान्यता दिलाउन सफल नेपाली क्रिकेट टोली आज स्वदेश फर्कदै छ । आइसीसी विश्वकप छनोट क्रिकेट खेल्न जिम्बावे गएको टोली आज साँझ ५ः५५ बजे स्वदेश फर्कन लागेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

टोली ५ः५५ बजे त्रिभुवन विमास्थलमा आइपुग्ने कार्यक्रम रहेको छ । विश्वकप क्रिकेट छनोट अन्तर्गत दुई खेल जितेको नेपालले क्रिकेट इतिहासमा सबैभन्दा ठूलो उपलब्धि हासिल गरेको छ । नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाएको छ ।

समूह चरणमा हङकङलाई जितेको नेपालले पहिलो प्लेअपमा पपुवा न्यूगिनीलाई हराउँदै एकदिवसीय मान्यता पाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार १४:०१