१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

नेपाल एकदिवसीय विश्वकप छनाेटमा स्थान बनाउन सफल, क्यानडामाथि १ विकेटको राेमाञ्चक जीत


२ फागुन, काठमाडाैँ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुमा नेपालले क्यानडालाई पराजित गर्दै अन्तिम २ मा स्थान निश्चित गरेको छ। नेपालले क्यानडामाथि १ विकेटकाे राेमाञ्चाेक  जित हात पारेको हाे । जितसँगै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ। नेपालको जितमा करण केसी हिरो भए। उनले नटआउट ४२ रन जोडे। करण केसीले ३१ बल खेल्दा ३ चौका र ४ छक्का प्रहार गरे। सन्दीप लामिछानेले नटआउट ५ रन जोडे।

क्यनडाले दिएको १ सय ९५ रनको लक्ष्य नेपालले अन्तिम बलमा पूरा गरेको हो। करणले सन्दीप लामिछानेका लागि दशौं विकेटका लागि सन्दीप लामिछानेसँग नटआउट ५१ रनको साझेदारी गरे। कुनै समय ९ विकेटको गुमाउँदा १ सय ४४ रन जोडेको नेपालले अन्तिम विकेटका लागि रोमाञ्चक साझेदारी गरेको थियो।

प्रकाशित मिति : २ फाल्गुन २०७४, बुधबार २२:०८