१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अाठाैँ राष्ट्रिय खेलकुदका लागि नुवाकोटमा फुटबल खेलाडीको छनाैट सुरू


२१ मंसिर, नुवाकोट । अाठाैँ राष्ट्रिय खेलकुदका लागि एन्फाको प्राविधिक सहयोगमा जिल्ला खेलकुद विकास समिति नुवाकोटले खेलाडी छनाैटको तयारी सुरू गरेको छ । जिल्लास्तरीय छनाैट सुरू गरेको एन्फा उपाध्यक्ष उद्धव पनेरूले दैनिकीलार्इ जानकारी दिए ।

उपाध्यक्ष पनेरूले खेलाडी छनाैटका लागि मापदण्ड समेत तयार गरिएको बताए । अाठाैँ राष्ट्रिय खेलकुदमा नुवाकोटको प्रतिनिधित्व गर्ने खेलाडी नुवाकोटमै जन्मिएको हुनुपर्ने छ । उपाध्यक्ष पनेरूका अनुसार छनाैट भएका खेलाडीहरुले प्रदेशस्तरीय खेल खेल्ने छन र उनीहरूको प्रतिस्पर्धाबाट राष्ट्रिय प्रतियाेगितामा सहभागिता जनाउने खेलाडीको छनाैट हुनेछ ।

उपाध्यक्ष पनेरूका अनुसार राष्ट्रियस्तरकाे प्रतियाेगिता माघ २५ गतेदेखि नेपालगन्जमा हुनेछ  भने प्रदेशस्तरीय खेल नुवाकाेटस्थित खेल मैदानमा खेलाउनकाे लागि पहल भैरहेको छ । यो प्रक्रियाका लागि जिल्लाबाट महिला र पुरुष १६/१६ जना खेलाडी छनाैट गरि बन्द प्रशिक्षणमा राखिने छ।

भिडियोमा हेर्नुहोस तयारी

प्रकाशित मिति : २१ मंसिर २०७५, शुक्रबार २१:४६